
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ ।
राष्ट्रिय समाचार समिति (रासस) का अनुसार युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।
राससका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रूपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।
राससका अनुसार जापानी येन १० को खरिददर नौ रूपैयाँ १२ पैसा र बिक्रीदर नौ रूपैयाँ १६ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८६ पैसा र बिक्रीदर १८ रूपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७३ पैसा कायम भएको छ ।
राससका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रूपैयाँ कायम भएको छ ।
राससका अनुसार साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३४ पैसा र बिक्रीदर नौ रूपैयाँ ३८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८६ पैसा र बिक्रीदर १९ रूपैयाँ ९५ पैसा तोकिएको छ ।
राससका अनुसार हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । यद्यपि वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।