९ चैत्र २०८१, शनिबार

सुनको मूल्य स्थिर : चाँदीको घट्यो


सुनको मुल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु १५ ले घटेर रु दुई हजार ३० निर्धारण भएको छ ।

बुधबार सोही परिमाणको चाँदी रु दुई हजार ४५मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !