काठमाडौँ । एनएमबि बैंकले आउँदो वैशाखदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिले आउँदो वैशाख १० गतेदेखि लागू हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोविन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्ष अवधिका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय पनि गरिएको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।












