३ फाल्गुन २०८२, आइतबार

एनएमबि बैंकलाई एसिया प्यासिफिक WEPs अन्तर्गतको लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त


लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले युएन वुमेन एसिया-प्यासिफिक WEPs अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्राप्त गरेको छ । लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न बैंकको पहलहरूको सम्मान स्वरूप सन् २०२४ को एसिया प्यासिफिक WEPs अन्तर्गतको विशेष अवार्ड बैंकलाई प्रदान गरिएको हो ।

युएन वुमेन र युएन ग्लोबल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ ।

ती प्रयासहरूमा She Leads Tomorrow Scholarship, NMB NextGen Banking Leaders Scholarship, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सिएसआर गतिविधिहरू रहेका छन् ।

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा WEPs अन्तर्गतको UN Women द्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया-प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।

यस अवार्डले एनएमबि बैंकलाई निरन्तर रूपमा समावेशी र दीगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहान मिलेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !