३१ भाद्र २०८१, सोमबार

सुनको मूल्य तोलामा ११ सयले घट्यो


सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँचले कम भई आज रु एक हजार आठ सय ३० मा कारोबार भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !