१२ असार २०८१, बुधबार

एनएमबि बैंकको सेवा आज शुक्रबार रातिदेखि बन्द हुँदै


एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंकको सेवा शुक्रबार रातिदेखि बन्द हुने भएको छ । उक्त बैंकले आज बेलुकी एक सूचना जारी गर्दै विभिन्न बैंकिङ सेवा सुविधा शुक्रबार राति ११ बजेदेखि अवरुद्ध हुन लागेको जानकारी गराएको हो ।

हाल बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड सम्बन्धी काम गर्नको लागि बैंकले आज माघ १९ गते राति ११ बजेदेखि भोलि माघ २० गते बिहान ३ बजेसम्ममा विभिन्न सेवा अवरुद्ध गराउन लागेको हो ।

यससँगै उक्त अवधिमा बैंकको कार्ड, एटीएम, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा आईपीएस सेवा बन्द हुने छन् ।

 एनएमबि बैंक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !