१२ असार २०८१, बुधबार

एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न


एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकका संचालक समितिकाअध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा आज बिहिबार राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाण्डौंमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिकाअध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न

उक्त साधारण सभामापूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तमभ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

FMO को तर्फबाट निको पिलको सट्टामा शर्मिलाहार्दिप्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !