७ असार २०८१, शुक्रबार

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक


एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं । एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरिएको छ । एनएमबि बैंक लिमिटेड र बुद्ध एयरले ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरेका हुन् ।

उक्त कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास लिएको एनएमबि बैंक र बुद्ध एयरले जनाएका छन् । को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरुले काठमाडौं उपत्यका भित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

यसका साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लैजान सक्नेछन् । एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१०० प्रतिशत क्यास ब्याक ) फिर्ता गर्नु उक्त कार्डको मुख्य विशेषता रहेको बैंकले जनाएको छ ।

नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको बैंकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !