३ आश्विन २०८१, बिहीबार

‘आर्थिक मन्दी’ ले मानिसको क्रयशक्ति घट्दा व्यापार व्यवसाय चौपट


चोरमारा बजार

नवलपुर । नवलपुरका कपडा पसल, फेन्सी स्टोर, कस्मेटिक स्टोर, पुजा सामाग्री स्टोर, किराना स्टोर, जुता चप्पल स्टोर आदिमा वैशाख १ गतेदेखि आजसम्म बजारमा भएको व्यापार कपडा तथा फेन्सीतर्फ ६५ % र किरानातर्फ ३०% व्यापार कम भएको पाइएको छ ।

अन्य व्यवसायतर्फ पनि हामीले हेरौं जसमा अन्य पसलहरुमा सोधिएको प्रश्नमा ८०% सम्म व्यापार घटेको जनगुनासो पाइएको छ । यसरी व्यापार घट्दै जाने हो भने ९०% मान्छे बेरोजगार हुने देखिन्छ । यसै सिलसिलामा हामीले मेडिकल क्लिनिकतर्फ पनि बुझ्ने प्रयत्न गर्दा ८०% कम विरामी आउने गरेको देखिन्छ ।

नेपाल जस्तो देशमा यसरी व्यापार कम हुदा यसको असर अर्थतन्त्रमा समेत पर्ने देखिन्छ । मान्छेले केहि हुन्छ कि भनेर व्यवसाय गरेको हुन्छ । व्यवसाय नचल्दा घर नचल्ने भए के गर्ने भन्ने प्रश्न चिन्ह खडा भएको देखिन्छ ।

साना-साना कामतर्फ सरकारले ध्यान दिने तर ठूला व्यापारतर्फ ध्यान नदिने उत्पादन शुन्य अवस्थामा पुर्याउदै गर्दा यस्तो स्थितिमा पुगेको हुन सक्ने हाम्रो ठम्याइ रहेको छ । यस्तो समस्या आउन नदिन सरकाले उद्योग स्थापना गरेर देखाउन सके परनिर्भर मात्र रोक्न सके यसले देशको विकासमा फड्को मार्न सहज हुने थियो ।

यस्तो अवस्थासम्म पुग्न सरकार नै जिम्मेवारी भएको हुनसक्ने केहिको मत छ । व्यापार नचल्नुको पछि आर्थिक मन्दी र सरकाले ठुला साना व्यवसायीको पिरमर्का नबुझिदिँदा यस्तो अवस्थामा देश पुग्न थालेको छ । कोरोनापछि स्वास्थ्य व्यापार नचलेको हुन सक्छ । तर अन्य व्यापार घट्नुको कारण बुझ्न जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !