१३ मंसिर २०८१, बिहीबार

उद्योग वाणिज्य संघको आरोप : बालेनले शक्तिको दुरूपयोग गरे


काठमाडौं उद्योग वाणिज्य संघ

काठमाडौँ । उद्योग वाणिज्य संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले शक्तिको दुरूपयोग गरेको आरोप लगाएको छ । काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको हो ।

काठमाडौँ महानगरले अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले आपत्ति जनाएको हो । घरधनी र महानगर बीचको विवादको भुंग्रोमा व्यापारीलाई पारिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले मेयरको अभियानले दशैंको मुखैमा व्यवसायीमाथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !