१३ आश्विन २०८१, आइतबार

नबिलकार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न बैंक र कतार एयरवेजवीच सम्झौता


नबिल बैंक र कतार एयरवेजवीच सम्झौता

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट मिति २०७९ असार १७ गतेदेखि लागु हुनेछ ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामकातर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

यस साझेदरीअन्तर्गत बिजनेस र इकोनमिक क्लास हवाई टिकटमा उत्त १०% छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संस्था, Skytrax द्वारा 5-Star Covid-19 Airline Safety Rating हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय हवाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड-१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्रा ग्राहकहरूका लागि यो साझेदारी लाभदायक हुने भनि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ ATM र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !