१२ असार २०८१, बुधबार

सरकारद्वारा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक


जनार्दन शर्मा बजेट

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ । आज आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले संसद्को बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन् । सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ४७ अर्ब ५७ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत छ भने पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड २१ दशमलव २ प्रतिशत रहेको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड १२ दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

साथै खर्चको स्रोत व्यवस्थापनतर्फ राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने र अपुग २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

त्यस्तै स्थानीय र प्रदेश सरकारलाई वित्तीय अनुदान हस्तान्तरणतर्फ रु चार खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बराबरको बजेट प्रबन्ध गरिएको छ । यसअघि सरकारले चालु आर्थिक वर्षमाप्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ रु तीन खर्ब ८६ अर्ब ७१ करोड बराबर उपलब्ध गराइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !