![डा. नारायण खड्का र वाङ वी](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/03/Dr.-Narayan-Khadka-Wang-Yi-2.jpg?fit=1024%2C683&ssl=1)
काठमाडौं । चीनले नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोग रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।