१३ असार २०८१, बिहिबार

एक्कासी बढ्यो सुनको मूल्य


अवैध सुन बरामद

काठमाडौं । सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले बढेको छ । यो सँगै तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ पुगेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !