काठमाडौं । दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य बढाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै डिडिसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँले बढाएको जानकारी दिएको हो।
यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेकोमा शुक्रबार (भोलिदेखि) प्रतिलिटर ८५ रुपैयाँ हुने भएको छ । बोर्डको निर्णयअनुसार डिडिसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ।
काठमाडौं उपत्यकासहित विराटनगर, हेटौडा र जनकपुरमा प्रतिलिटर ८५ रुपैयाँ, बुटवल भैरहवामा प्रतिलिटर ८१ रुपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रुपैयाँ मूल्य कायम गरेको हो।