१२ असार २०८१, बुधबार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेसँगै छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तैगरी तेजाबी सुनको मूल्य एक सय रुपैयाँले बढेसँगै ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !