१५ असार २०८१, शनिबार

सर्वाेत्तम सिमेन्ट र सर्वाेत्तम स्टीलका ठेकेदारहरुका लागि ७ लाखको दुर्घटना बीमा


सर्वाेत्तम सिमेन्ट कार्यक्रम

काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टील लिमिटेडलेविशेष आफ्ना ठेकेदारहरुलाई लक्षित गर्दै एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत कम्पनीले “सर्वाेत्तमको न्यानो सौगात” नामक योजनाको समेत सुरुवात गरेको छ ।

कम्पनीका उपाध्यक्ष सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक-सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक-सुटका साथै कुनै पनि किसिमका दुर्घटना विरुद्ध ७ लाखको बीमाको सुविधा पाउनेछन् ।
सर्वाेत्तम सिमेन्ट कार्यक्रम
हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका १००० ठेकेदारहरुका लागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको छ । यसरी आफ्नो साइट रजिष्टर गराई योजनाको फाइदा लिन ९८०२३२०६०१ मा सम्पर्क गर्न सकिनेछ ।

यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झाद्वारा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम समेत प्रदान गराइएको थियो ।
सर्वाेत्तम सिमेन्ट कार्यक्रम
सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१गुणस्तर प्रमाणित, १४००१ वातावरण-मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको छ ।

यसरी ओ.पि.सि. ४३ र ५३ ग्रेड का साथै पि.पि.सि. सिमेन्टको पनिउत्पादनतथाविक्रिवितरण गर्ने यो एक मात्रसिमेन्ट कम्पनीहो । यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यतिमात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स-रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।
सर्वाेत्तम सिमेन्ट कार्यक्रम
आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टको उद्योेगको उत्पादन क्षमता ७०,००० बोरा रहेको छ । साथै, देशका महत्वपूर्ण आधार स्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।

यसैगरी, सर्वाेत्तम स्टील Fe500 फलामे डण्डी नयाँ जमानाको यस्तो फलामे डण्डी हो जसले सर्वाेत्तम लचकता तथा मजबूतीलाई एक समान रुपमा प्रस्तुत गरेको छ । यो फलामे डण्डी आफ्नो डायमण्ड रिबका कारण अन्य फलामे डण्डी भन्दा निकै फरक छ । यस किसिमको अतुलनीय विशेषता यस फलामे डण्डीले नेपालमै पहिलो पटक प्रस्तुत गरेको छ ।

आफ्नो यही अद्भुत डायमण्ड रिबका कारण यसले अन्य फलामे डण्डीको तुलनामा कंक्रिटसँग ६०% बढी पकड शक्ति प्रदान गर्छ । नेपालमा उपलब्धँ Fe500 ग्रेडका फलामे डण्डीहरुको गुण स्तरलाई एक नयाँ आयाम दिने यात्रा प्रारम्भ गर्दै यो फलामे डण्डी अहिले नेपालभर विक्रि वितरण भइरहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !