१३ पुस २०८१, शनिबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


पेट्रोलियम पदार्थ

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । कोरोना भाइरसको महामारीका बीच नेपाल आयल निगमले तेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मटितेल १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

यद्यपि घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने निगमले नबढाइएको बताएको छ । मूल्य समायोजन गर्दै जानुपर्ने देखिएको हुँदा आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मटि्लतेलको साबिकको बिक्रि मूल्यमवृद्धि गरिएको निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल आयल निगमको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !