४ आश्विन २०८१, शुक्रबार

एनएमबि बैंकको साधारणसभाबाट ओम बैंक गाभ्ने प्रस्ताव पारित


एनएमबी बैंक

काठमाडौँ । एनएमबि बैंकको विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंक गाभ्ने प्रस्ताव पारित गरेको छ । दुवैको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदनका आधारमा शेयर मूल्य अनुपात ओमको १ सय बराबर एनएमबिको ७६ रहनेगरी स्वीकृत भएको छ ।

अब ओम डेभलपमेन्ट बैंकको १ सय कित्ता सेयर हुनेले एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् । मर्जर पश्चात एनएमबि बैंकको कुल पुँजी तथा जगेडा कोष बढेर २० अर्ब ४२ करोड पुग्नेछ । त्यस्तै निक्षेप र कर्जा बढेर क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्ब पुग्नेछ ।

मर्जले सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै मुलुकको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, बनाउने बैंकको दावी छ ।

साथै लगानीकर्ताहरुको हितको संरक्षण गर्न, बैंकको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिबृद्धि गरी आधुनिक बैंकिङ्ग सुबिधा अझ प्रभावकारी ढंगले प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !