१२ असार २०८१, बुधबार

एनएमबि बैंकका ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राबमा क्यास ब्याक


एनएमबि बैंक

काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा समान किन्दा विद्युतिय भुक्तानी गर्दा क्यास ब्याक उपलब्ध गराउने भएको छ ।

फुडमाण्डु, स्टपग्य्राब र ग्यापुबाट मनपर्ने खाना अर्डर गर्दा तथा आवश्यक सामग्रीहरू अनलाइन अर्डर गर्दा १० प्रतिशतदेखि पाँच सय रुपैयाँसम्म क्यास ब्याक गर्ने सम्झौता भएको हो ।

बैंकले ग्राहकहरुको आकर्षणका लागि यस्ता सुविधाहरु प्रस्तुत गरेको जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिसकाउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !