१२ असार २०८१, बुधबार

एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने


एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

काठमाडौँ । एनएमबि बैंक र अनलाइन बजार दराजबीच किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता भएको छ । एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् ।

यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआइमा रुपान्तरण गर्ने बताइएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !