१२ असार २०८१, बुधबार

एनएमबि बैंकको ‘ब्राण्ड एम्बेस्डर’ मा नायक पल शाह नियुक्त


एनएमबि बैंकको 'ब्राण्ड एम्बेस्डर' मा नायक पल शाह नियुक्त

काठमाडौँ । एनएमबि बैंकले नायक पल शाहलाई बैंकको ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको छ । आज प्रेस वक्तव्य जारी गर्दै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिईएको छ । एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने शाहले प्रतिबद्धता जनाए ।

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा दिइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !