१२ असार २०८१, बुधबार

एनएमबि बैंकको खाता भिडियो कलमार्फत खोल्न सकिने


एनएमबी बैंक

काठमाडौँ । एनएमबि बैंकको खाता भिडियो कलमार्फत खोल्न सकिने भएको छ । भिडियो केवाइसी प्रणालीअन्तर्गत पाँच मिनेटमै देश तथा बिदेशबाट खाता खोली कारोबार गर्न सकिने बैंकले बताएको छ ।

बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त सेवा घोषणा गरेको हो । अब ग्राहकहरूले डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्छन् ।

यसैबीच बैंकले अभिनेता पल शाहलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । हाल बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !