१२ असार २०८१, बुधबार

एनएमबि बैंकले जित्यो एशियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड


एनएमबि बैंक

काठमाडौँ । एनएमबि बैंक लिमिटेड इतिहास रच्दै एशियाकै उत्कृष्ट बैंक बनेकाे छ । बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’अवार्ड प्राप्त गरेसँगै बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएकाे हाे ।

बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो । याे अवार्ड प्राप्त गर्ने एनएमबी बैंक नेपालको पहिलो बैंक हो ।

यस अवार्डको प्रतिष्पर्धामा एशियाका ४८ वटा देशका बैंकहरु सहभागी भएका थिए । ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबि बैंकले याे अवार्ड जितेकाे हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !