काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहुँच पुँराउने उद्देश्यसहित सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका–१ नयाँबजार र दाङ जिल्लाको घोराही नगरपालिका सहिदगेटमा शाखा कार्यालयहरू बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले स्थानीय जनप्रतिनिधिहरू तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उपस्थितिमा औपचारिक उद्घाटन गरे ।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय १३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।