१२ असार २०८१, बुधबार

देउवा सरकारले ५ लाख गरिबलाई १० हजारका दरले पैसा दिने


जनार्दन शर्मा

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ५ लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोरोना महामारी लगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन् ।

अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै देउवा सरकारले यो बजेट ल्याएको हो ।

कोभिड-१९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रलाई उच्च प्राथमिकता दिएर पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाए ।

यो पनि पढ्नुहोस्

ओलीले सरकारले ल्याएका लगभग १४०० सडक आयोजना देउवा सरकारद्वारा खारेज

यस्तो छ देउवा सरकारले ल्याएको संशोधित बजेट (पूर्णपाठसहित)

देउवा सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !