४ आश्विन २०८१, शुक्रबार

प्रा. डा. वाग्लेद्वारा अक्षय छात्रवृत्ति कोष स्थापना


भत्ता

तनहुँ । व्यास नगरपालिका–२ निवासी प्रा. डा. ईश्वरचन्द्र वाग्लेले आफ्ना मातापिताका नाउँमा रु एक लाख ५१ हजार १११ को अक्षय छात्रवृत्ति कोष स्थापना गर्नुभएकोे छ ।

व्यास–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा प्रा डा वाग्लेले मातापिता केशव–पार्वतीका नाउँमा उक्त कोष स्थापना गर्नुभएको हो । उहाँले यसअघि छात्रवृत्ति कोषमा रु एक लाख एघार हजार रु १११ को छात्रवृत्ति कोष स्थापना गर्नुभएकामा मङ्गलबार पुनः रु चालिस हजार थप गरी उक्त रकम बराबरको कोष पु¥याउनुभएको हो ।

विगतमा २७ वर्ष सोही क्याम्पसमा नेपाली विषयको अध्यापन गरी अवकाश लिनुभएका प्रा डा वाग्लेले क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठमार्फत क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई रकम हस्तान्तरण गर्नुभएयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !