९ असार २०८१, आइतबार

आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण


आर्थिक वृद्धिदर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि आज सार्वजनिक गरिएको बजेटमा सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड-१९ विरुद्धको खोप व्यवस्थाबाट परिस्थिति सामान्यतर्फ उन्मुख भई आर्थिक गतिविधि पुरानै लयमा फर्किने विश्वासका आधारमा आर्थिक वृद्धिदर ६.५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको हो ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीति दरलाई पनि ६.५ प्रतिशतमा सीमित राख्ने र बजेट कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने बताए ।

उनले अहिलेको प्रतिकूल परिस्थितिमा सरकारले अघि सारेका नीति तथा कार्यक्रमसहित प्रस्तुत बजेटको कार्यान्वयनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !