४ मंसिर २०८१, मंगलबार

कोरोना महामारी नियन्त्रण र खोप खरीदका निम्ति २६ अर्ब ७५ करोड विनियोजित


कोभिशिल्ड

काठमाडौँ । सरकारले कोरोना महामारी नियन्त्रण तथा त्यसविरुद्धको खोप खरीदका लागि अर्बौँ रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको खोप सम्पूर्ण नेपाली जनतालाई निःशुल्क उपलब्ध गराउन रु २६ अर्ब ७५ करोड विनियोजन गरिएको बताए ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि रु ३७ अर्ब ५७ करोड छुट्याइएको तथा रोगको उपचारका लागि आवश्यक पर्ने औषधि उपकरण खरीदका लागि ५ अर्ब ६० करोड विनियोजन गरिएको जानकारी दिए ।

महामारी नियन्त्रणका निम्ति आवश्यक पर्ने अस्पतालसहित भौतिक पूर्वाधार निर्माणका लागि सो रकम विनियोजन गरिएको हो । अर्थमन्त्रीले स्वास्थ्य उपकरण आयातमा भन्सार नलाग्ने व्यवस्था गरिएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !