३ आश्विन २०८१, बिहीबार

पहेँलो धातुको मूल्यमा ५०० वृद्धि


पहेँलो धातु

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० ले वृद्धि भई ९० हजार ५०० पुगेको छ ।

त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला ५०० ले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा ३५ ले वृद्धि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !