२५ पुस २०८१, बिहीबार

रसुवागढी नाकाबाट चिनियाँ सामान आयात शुरू


rasuwagadhi

रसुवा, २२असार । रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड-१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा राजश्व २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी चिनियाँ पक्षले रसुवागढीकोे मितेरी पुलसम्म सामग्री पुर्याई दिएको सीमाक्षेत्रका सरकारी अधिकारीले बताएका छन् । मध्याह्न १२ बजे अगावै दुई ट्रकमा जुुत्ता, चप्पल, कपडालगायत मालवस्तु भन्सार हातामा पुगिसकेको र आउने क्रम जारी रहेको प्रनाउ थापाले बताउनुभयो । कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले दुुई देशका सीमा अधिकारीबीच गत हप्ता भएको सहमतिअनुरूप रसुवागढीस्थित मितेरी पुलमा चिनियाँ व्यवसायीले सामग्री ल्याएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !