१४ मंसिर २०८१, शुक्रबार

‘२५ करोडको पढाइ बजेट सक्ने मेलो मात्रै हुने हो कि ?’


केपी शर्मा ओली sf7df8f}F, ^ h]7 M k|wfgdGqL s]kL zdf{ cf]nL ;ª3Lo ;+;b, k|ltlglw;efsf] dªunaf/sf] a}7sdf ;/sf/sf] gLlt tyf sfo{qmddfly p7fOPsf k|Zgx?sf] hjfkm lbg’x’Fb} . t:jL/ M /Tg >]i7÷/f;;

असार २, काठमाडौं । कोरोना त्रासका कारण नियमित पढाइबाट वञ्चित विद्यार्थीका लागि सरकारले २५ करोड बजेटमा एक महिने कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय गएर हुने शैक्षिक क्रियाकलापभन्दा यसमा भिन्न तरिकाबाट सिकाउन खोजिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

तर, कुन विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने निक्र्योल नभएका कारण बजेट सक्ने मेलो मात्र हुने हो कि भन्ने शंका मन्त्रालयकै अधिकारीमा छ । कक्षा १ देखि १० सम्मका ६० लाख विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको हो । लकडाउनका कारण चैत ११ गतेदेखि मुलुकभरका शैक्षिक संस्था बन्द छन् । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ क्षमतामा ह्रास आउने मन्त्रालयका अधिकारी बताउँछन् ।

कसरी सिकाउने भनेर अलमलमा परेको मन्त्रालयले निर्देशिका जारी गरी चारवटा वैकल्पिक उपाय अपनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !