विकास भन्नाले व्यक्ति विकास हुनु पनि विकास हो । आज नेपालमा व्यक्ति विकास भएको छ । विदेशी डलर भित्रदा रेमिटेन्सबाट सरकारले समेत लाभ उठाउन सकेको छ । हिजो र आज देश गरीव भएपनि जनता गरीव नभएको प्रष्ट देखिएको छ ।
अल्प-विकसित राष्ट्रमा नेपाल बाहेक अन्य देशमा विकास अघि बढिसक्दा पनि नेपाल राष्ट्रको विकास धेरै पछाडि धकिलिएको देखिन्छ । १० बर्षे सशस्त्र जनयुद्धपछि अस्तव्यस्त बनेको नेपालको अर्थतन्त्र राजतन्त्रको अन्त्य तथा लोकतन्त्रको स्थापना भईसक्दा पनि अपेक्षित विकास हुन सकेको छैन ।
मूलुकमा संविधान जारी भएपछि नेपाली सबैले अब देशमा विकासको गति उच्च हुने अपेक्षा गरिएपनि अहिले अपेक्षित विकास हुन सकेको छैन । नेपाल कृषिप्रधान देश हो । तर पनि अधिकांश नेपालीहरु कृषि पेशाबाट आत्मनिर्भर हुन नसकेको अवस्था छ ।
नेपालमा कृषि पेशालाई व्यवसायिकता बनाउन पनि प्रयास नभएको होइन । देशमा पछिल्लो समय कृषि पेशालाई व्यवसायिक बनाउन युवा शक्तिहरु लागि परेका देखिन्छन् । तर दुःखको कुरा के भने कृषिप्रधान मुलुक नेपालमा प्रशस्त पानी हुँदा पनि नहरको योजना सरकारले गर्न सकेको छैन ।
कृषिमा चाहिने आवस्यक मलको लागि सरकारले ठोस् कदम चाल्नु पर्ने हो तर चालेको देखिएन । एउटा पनि रासायनिक मलको कारखाना नेपाल सरकारले लगाउनु पर्ने हो यसतर्फ कसैको ध्यान पुग्न सकेन । नेपालमा चाहिने आवश्यक रासायनिक मल बाहिरी मुलुकबाट आयात भईरहेको अवस्था छ ।
युरिया मलको नियमित र भरपर्दो आपूर्तिका लागि स्वदेशभित्र उत्पादन कारखाना नभएकाले कृषि कार्यमा समस्या परेको छ । सरकारले स्वदेशमै रासायनिक मलको कारखाना स्थापना गर्न सकेको छैन । यदि उत्पादनतर्फ लाग्न सकेको भए बेरोजगारको समस्या समाधान पनि हुने थियो ।
कृषि उत्पादन भएर मात्र समस्या समाधान हुदैन त्यसका लागि बजार हुनुपर्छ । छिमेकीको आलु नेपाली बजारमा विक्छ तर नेपाली आलुले बजार पाउन सकेको छैन, यसतर्फ सरकारको ध्यान पुग्नु पर्ने देखिन्छ । कृषि विकासमा यदि नेतृत्वको ध्यान पुग्न सकेको भए कृषि पेशा फस्टाउने थियो । विदेशले सबै व्यापार नेपालमा गरेका छन् ।
नेपाली उत्पादन भएपनि कमिसनको कारण नेपाली उत्पादनले बजार पाउन नसक्नु दु:खको कुरा हो । गफ हाक्दैमा विकास हुने भए या शिक्षाको स्तर उच्च हुदैमा विकास हुने भए सवैभन्दा बढी पढेका नेपाली नेपालमा छन् तर यहाँ सवै काम उल्टो हुदैछ ।
नेपालमा प्राविधिक शिक्षाको अझै पनि कमी महशुस गरिएको छ । कोहि कृषि पेशा गर्न चाहान्छ भने उसलाई त्यहि कृषि पेशा सम्बन्धी प्राविधिक शिक्षाको आवश्यकता पर्दछ । तर, नेपालमा अझै पनि प्राविधिक शिक्षाको विकास हुन सकेको छैन । जसकारण देशको विकास धेरै पछाडि धकिलेको देखिएको छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।