१७ असार २०८१, सोमबार

काठमाडौं- निजगढ फाष्ट ट्रयाकमा वेवास्ता गरेको भन्दै स्थानीयवासीद्वारा विरोध


fast-track

फाष्टट्रयाक निर्माण प्रक्रियामा स्थानीयवासीसँग कुनै छलफल नगरी एकलौटी ढंगले निर्माणको प्रक्रिया अगाडि बढाएको भन्दै ललितपुर खोकना,बुंगमति र भैसेपाटीका स्थानीयहरुले विरोध जनाएका हुन् ।

केही महिना अगाडि आयोजनाले फाष्टट्रयाक निर्माणमा परेका जग्गाको पूर्ण विवरणसहित राष्ट्रिय दैनिकमा नामावली प्रकाशित गरेका थिए र ३५ दिनभित्र जग्गाको लालपूर्जासहित मुअब्जा लिन आउन आव्हान गरेको थियो ।

स्थानीय चलनचल्ती अनुसार जग्ग्गाको मूल्यांकन एकदमै न्यून भएको र स्थानीय तहमा कुनै योजनाबिना नै प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीयले मुअब्जा लिन अस्वीकार गरेका थिए ।

‘फाष्टट्रयाक आयोजना र ललितपुर प्रशासन अधिकारीसँग बसेर पटकपटक वार्तामा बस्दा पनि हाम्रो मागको कुनै सुनूवाइ भएको छ्रैन् ,’ स्थानीय जनसरोकार समितिका रवीन्द्र डंगोलले बताए ।

‘आयोजनाले खोकना क्षेत्रको ७ सय पचास कित्ता खेतियोग्य जग्गा पर्ने हुनाले कृषिमा निर्भर स्थानीयहरू विस्थापित हुन्छन्,’ उनीहरूको उचित व्यवस्थापन गर्नतिर सरकारले ध्यानदिनुपर्दछ,’ डंगोलले गुनासो गरे ।

राष्ट्रिय योजनाका चारवटा ठूला योजनाहरू बागमति करिडोर,हाइटेन्शन लाईन,बाहिरी चक्रपथ र काठमाडौं निजगढ फाष्ट ट्रयाकले खोकनालाई केन्द्रीत भएर बन्ने तयारीका कारणे त्यसको उचित व्यवस्था र योजना नगरीकन फाष्ट ट्रयाक आयोजना अगाडि बढाउन नहुने डंगोलले बताए ।

स्थानीय जनसरोकार समितिका डंगोलले भने पटकपटक वार्तामा बस्दा पनि आफूहरूको मागमा कुनै सम्बोधन नभएको र झन् पेलिँदै मालपोत कार्यालयमा किताकाट र लगत संकलन गरेर जर्बजस्ती अगाडि बढ्न खोजेको आरोप लगाए । अहिलेसम्म स्थानीय सहितको कुनै समिति बनेको छैन,’ डंगोलले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !