१४ असार २०८१, शुक्रबार

शहीद लालध्वजमार्ग स्तरोन्नति गरिँदै


मुग्लिन–पोखरा सडक विस्तार फाइल फोटो

दमौली, तनहुँ । शुक्लागण्डकी नगरपालिकादेखि व्यास नगरपालिकासम्म जोडिने शहीद लालध्वजमार्ग स्तरोन्नतिको काम सुरु भएको छ ।

शुक्लागण्डकी नगरपालिका–१ थप्रेकदेखि व्यास नगरपालिका–६ सिन्धुसम्म जोडिने उक्त मार्ग स्तरोन्नतिका लागि जिल्ला पूर्वाधार विकास कार्यालय बोलपत्र आह्वान गरेको छ । पूर्वाधार विकास कार्यालय रु १५ करोडको लागतमा उक्त मोटरमार्गको स्तरोन्नतिका लागि बुधबार सूचना प्रकाशित गरेको हो ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु चार करोड बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको हो । सडकका लागि प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आर्थिक मामिला मन्त्रालयले रु १५ करोडको स्रोत सुनिश्चित गरेको छ । विसं २०५२ पुस २८ गते यो सडकको ‘ट्रयाक’ खुलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !