१४ बैशाख २०८१, शुक्रबार

नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु


गोपाल भण्डारी
गोपाल भण्डारी

पृष्ठभूमिः
कुनै पनि कामको पूर्व तयारीसहितको चाँजोपाँजो नै वास्तवमा योजना हो । आयोजना भनेको अस्थायी तथा विशेष कार्य हो, जसको अवधि कार्य पुरा नभएसम्मको लागी हुने गर्दछ र सामान्यतया कार्य पुरा भए पश्चात आयोजना पनि समाप्त हुने गर्दछ । नेपाल सरकारले आवधिक विकास योजनाका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको प्राथमिकताक्रम तोक्ने कार्यलाई संस्थागत गरेको छ । नवौं योजनादेखि नै विकास आयोजना तथा कार्यक्रमहरूलाई विशेष प्राथमिकता प्राप्त वा प्राथमिकता प्राप्त आयोजनाका रूपमा प्राथमिकीकरण गरी साधन विनियोजनलाई प्रभावकारी बनाउने कार्य प्रारम्भ गरिएको थियो । यसलाई त्यसपछिका आवधिक योजनाहरूले पनि कुनै न कुनै रूपमा निरन्तरता दिएका छन् । यसैक्रममा नेपाल सरकारले आ.व. २०६८/६९ देखि प्रथम प्राथमिकताका १७ वटा र आ.व. २०७०।७१ को बजेट वक्तव्य मार्फत अन्य ४ समेत थप गरी २१ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गरेको छ । नेपाल सरकारले आयोजनाहरूको प्राथमिकीकरण र विशेष महत्वका आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजनामा वर्गीकरण गरी कार्यान्वयन गर्ने प्रयासलाई सराहनीय रूपमा लिन सकिन्छ ।
नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु : ( जम्मा  २१ वटा )

(क) उर्जा मन्त्रालय
१. तामाकोशी जलविधुत आयोजना
२. बुढी गण्डकी जलबिधुत आयोजना
३. पश्चिम सेती जलबिधुत आयोजना
ख) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
१. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना
२. हुलाकी राजमार्ग
३. काठमाडौं तराई मधेश द्रुतमार्ग
४. उत्तर दक्षिण लोकमार्ग (कोशी, गण्डकी र कर्णाली) : ( ३ वटा )
(क) उत्तर दक्षिण लोकमार्ग कोशी
(ख) उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी
(ग) उत्तर दक्षिण लोकमार्ग कर्णाली
५. पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्ग आयोजना
(ग) शहरी बिकास मन्त्रालय
१. मेलम्ची खानेपानी आयोजना
(घ) सिँचाइ मन्त्रालय
१. सिक्टा सिँचाइ आयोजना
२. रानीजमरा सिँचाइ आयोजना
३. बबई सिँचाइ आयोजना

४. भेरी–बबई डाइभर्शन आयोजना
(ङ) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१. दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निजगढ, बारा
२. भैरहवा (गौतम बुद्ध) विमानस्थललाई क्षेत्रिय विमानस्थल बनाउने, रुपन्देही
३. पोखरा विमानस्थललाई क्षेत्रिय विमानस्थलमा विकसित गर्ने
४. पशुपति क्षेत्र विकास कोष
५. लुम्बिनी क्षेत्र विकास कोष

(च) वन तथा भू संरक्षण मन्त्रालय
१. राष्ट्रपति चुरे संरक्षण आयोजना

*भौतिकशास्त्रमा स्नातकोत्तर तह ( एमएस्सी) गरेका गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !