६ जेष्ठ २०८१, आइतबार

फराकिलो सडक हेर्ने नगरवासीको सपना अधुरै


सडकखण्ड पुनःसञ्चालन

डडेल्धुरा, २० असोज । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोस्रो पटक आह्वान गरेको बोलपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ ।

डिभिजन सडक कार्यालय कुलपातेले डडेल्धुरा सदरमुकाम क्षेत्र बागबजारदेखि कीर्तिपुरसम्म राजमार्गको दायाँबायाँ १५÷१५ मिटर फराकिलो पार्नका लागि रु ४४ करोड बजेट विनियोजित गर्दै पहिलो पटक जेठ ८ गते बोलपत्र आह्वान गरेको थियो । मुआब्जासम्बन्धी विवादका कारण उक्त बोलपत्र गत भदौ ३ गते स्थगित भएको थियो । पहिलो पटक स्थगित गरिएको टेन्डर पुनः आह्वान गरिए पनि आइतबार फेरि प्राविधिक कारण देखाउँदै डिभिजन सडक कार्यालय कुलपाते डोटीले स्थगित गरेको छ । प्राविधिक कारणले दोस्रो पटक आह्वान गरिएको बोलपत्र स्थगित गरिएको डिभिजन सडक कार्यालय कुलपातेका डिभिजन प्रमुख सुदर्शन कार्कीले बताउनुभयो ।

महाकाली राजमार्गअन्तर्गत बागबजार कीर्तिपुरक्षेत्र सम्मको सडक विस्तारका लागि अमरगढी नगरपालिकाको सिफारिसमा डिभिजन सडक कार्यालय कुलपातेले दोस्रो पटक सडक विस्तारका लागि बोलपत्र आह्वान गरेको तर सडक विस्तार गर्ने कार्यमा शृङ्खलाबद्ध रुपमा मुद्दा दर्ता गर्ने कार्य भएपछि कुलपातेले प्राविधिक कारण देखाउँदै आइतबार बोलपत्र रद्द गरेको स्थानीयवासी महेश श्रेष्ठले बताउनुभयो ।

मुआब्जाको माग गर्दै आएका अमरगढी नगरपालिका–५ बस्ने दीपकराज पन्तले डडेल्धुरा सडक विस्तार गर्दा अदालतको फैसला विपरीत सडक क्षेत्रका घरजग्गा धनीलाई मुआब्जा नदिई सडक विस्तार गर्न थालिएको र अदालतको मानहानी भएको ठहर गर्दै असोज ८ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । सोही निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र डिभिजन सडक कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख सुदर्शन कार्कीलगायत नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

सदरमुकाम क्षेत्रको सडक विस्तार गर्नका लागि अमरगढी नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने जमीनको नापजाँच गर्न गत भदौ २४ गतेदेखि प्राविधिक टोली खटाएर काम थालेको र स्थानीय केही व्यक्तिहरुले अवरोध पु¥याएपछि सो कार्य पनि अगाडि बढ्न नसकेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रवेशद्वारका रुपमा रहेको डडेल्धुरा सदरमुकामलाई विस्तार गर्नु जरुरी रहेको छ ।”

डक विस्तार कार्यलाई अवरोध पु¥याउनकै लागि केही व्यक्तिहरुले अदालतमा मुद्दा दर्ता गराएको र सडक विस्तारका लागि आएको रु ४४ करोड फ्रिज जानुले डडेल्धुराको विकासमा ठूलो प्रभाव पर्ने नगरप्रमुख ओझाले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !