रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा Nepalpatra रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा
३१ चैत्र २०७७, मंगलबार

रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा


असार ४, काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको प्रगतिमा निर्माधीन जयनगर बर्दिबास रेलमार्ग ६९ किमिमध्ये जयनगर–जनकपुर रेल ३८ किमि खण्डमा निर्माणकार्य सम्पन्न गरेको छ भने सो खण्डमा रेल सेवा सञ्चालननिम्ति आवश्यक प्राविधिक भर्ना प्रक्रिया अन्तिम चरणमा रहेको र भारतीय रेल्वे कम्पनीसँग जीटुजीमार्फत खरीद भएको रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

मन्त्रालयले भारत सरकारको सहयोगमा निर्माणाधीन जोगबनी विराटनगर रेलमार्ग १८ किमिमध्ये १० किमि रेलमार्ग निर्माण र बाँकी क्षेत्रमा ८० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !