६ जेष्ठ २०८१, आइतबार

प्रदेश नम्बर २ को प्रदेश सभा बैठक १ बजे बस्दै


Pradesh-2

१२ चैत, धनुषा । प्रदेश नम्बर २ को प्रदेश सभा बैठक अपरान्ह १ बजे बस्दैछ ।

प्रदेशसभा बैठकमा सरकारले दर्ता गराएको आर्थिक कार्यविधि विधेयकमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

सरकारले दर्ता गराएको आर्थिक कार्यविधि विधेयकमाथि सोमबार दफावार छलफल हुने भएको हो ।

आर्थिक विधेयक ४ महिनाका लागि तयार पारिएको छ । कार्यविधिमा प्रदेश सरकारको ४ महिनाको खर्च गर्ने अधिकार र त्योसँग सम्बन्धित नियम सर्त समेटिएको छ ।

विधेयकमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदको तलब भत्ताको सिलिंग समेत तोकिएको छ । प्रदेश सरकारको बैंक खाता संचालन, आर्थिक आम्दानीको स्रोत र आर्थिक गतिविधि गर्दा अपनाइने विधि कार्यविधिमा समेटिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु