७ असार २०८१, शुक्रबार

१५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


बालिका बलात्कृत

बुटवल । एक बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार मालारानी गाउँपालिका ७ हंसपुरको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया नाबालिका छात्रालाई जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीले जबरजस्ती करणी आरोपमा पक्राउ परेका शिक्षक र विद्यालयको नाम भने खुलाएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !