काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराइएका छन् । नेपाली काग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराइसकेका छन् । तीन जनाका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।