१८ असार २०८१, मंगलबार

पदाधिकारी सुविधा विधेयक पारित


Pradesh-5-sabha

खस्यौली, २२ असार । प्रदेश नं ५ को प्रदेशसभाले आज स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

सभामुख पूर्णबहादुर घर्तीले सो ऐनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले ऐन पारित गरियोस भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०७७ सम्बन्धी समितिको प्रतिवेदनसहितको विधेयक बैठकमा पेश गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !