१२ असार २०८१, बुधबार

बलात्कार कसुरमा नौ वर्ष जेलसजाय


हिरासत

गाईघाट, २३ फागुन । शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो । स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ साल जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएका थिए । तत्कालै तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !