१२ आश्विन २०८१, शनिबार

फोटो पत्रकार महासंघ उदयपुर शाखाको प्रथम अधिवेशन सम्पन्न


पुस १, उदयपुर । नेपाल फोटो पत्रकार महासंघ शाखा उदयपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ सदरमुकाम गाईघाटमा मंगलबार भएको अधिवेशनवाट अध्यक्षमा गजेन्द्र राई सर्वसहमत निर्बाचित भएका छन् । बरिष्ठ पत्रकार कौशल चेम्जोङको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनवाट उपाध्यक्षमा अप्सरा समालमगर, सचिव देवराज राई, सह–सचिव ईश्वर बलम्पाकी मगर, कोषाध्यक्ष गंगा राई चयन भएका हुन् । त्यस्तै दसस्यहरु क्रमशः राकेश नेपाली, विक्रम राई, चित्रकुमार कार्की र रिता राउत चयन भएका छन् भने दुई जना मनोनय गर्ने गरी ११ सदस्य कार्य समिति चयन भएको हो ।

उक्त कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ १ नं प्रदेश सचिव हरिकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखा उपाध्याक्ष भोटराज राई र अतिथिहरु क्रमशः प्रेस संगठन नेपाल जिल्ल संयोजक गणेश उप्रेती लगायतका आतिथ्यता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !