२२ भाद्र २०८१, शनिबार

लागुऔषधसहित सार्की पक्राउ


पक्राउ

काठमाडौं । मोरङबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । बिहीबार दिउँसो २ बजे विराटनगर महानगरपालिका–१३ सैनिक टोलबाट प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका६ का ३० वर्षीय छविलाल सार्की लागुऔषधसहित पक्राउ परेका हुन्।

उनको साथबाट लुपिजेसिक २५ एम्पुल, डाइजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाइट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्कीसहित नियन्त्रणमा लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !