९ असार २०८१, आइतबार

दसैंले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पु¥याउनेः मुख्यमन्त्री आचार्य


भीम आचार्य

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसँैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालीको महान चाँड बडादसँैं–२०७८ को अवसरमा उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती थपिएको हुँदा यसबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न सबैमा आग्रह गर्नुभएको छ ।

दसँंैले विभिन्न जातजाति, भाषा, धर्म एवम् सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी भातृत्व कायम गर्न सकोस् भन्दै उहाँले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !