१२ आश्विन २०८१, शनिबार

‘कोरोनाविरुद्धको लडाइँमा चिकित्सकको भूमिका महत्वपूर्ण’


Mahendra Bahadur shahi

सुर्खेत, २७ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाईमा चिकित्सकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । कर्णाली प्रदेश अस्पतालको अवस्था बुझ्न पुग्नुभएका मुख्यमन्त्री शा आज चिकित्सकसँग अन्तरक्रिया गर्दै उहाँहरुको भूमिकाबाट नै कोरोनाविरुद्धको लडाँ जित्न सकिने बताउनुभयो । “विश्व महामारीका रुपमा फैलिएको यो प्रकोपविरुद्धको लडाईमा तपाईको भूमिका अग्रभागमा छ,” उहाँले भन्नुभयो, “उच्च मनोबलका साथ काम गर्नुस्, प्रदेश सरकार यहाँहरुको साथमा छ ।”

प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत आम नागरिकको उच्च सावधानीसहितको भूमिकाले कोरोना भाइरसविरुद्धको लडाईमा हालसम्म जीत हाँसिल भइरहेको जनाउँदै मुख्यमन्त्री शाहीले आगामी चुनौति सामनाका लागि उच्च मनोबल बनाएर काम गर्न चिकित्सकलाई निर्देशन दिनुभयो । उहाँले अगाडि भन्नुभयो, “कोरोनाले निम्त्याएको सङ्कट हल गर्न प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पठाउने निर्णय गरेको छ, तपाईले हरेक टवडामा पुगेर कोरोना भाइरसबारे सचेतना जगाउनुका साथै विभिन्न ठाउँबाट भित्रिएका नागरिकको प्रतिनिधित्व हुनेगरी स्वाब सङ्कलन गरेर कोरोना परीक्षणमा तीव्रता दिनुपर्छ ।”

चिकित्सको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री शाहीले उनीहरुका लागि प्रदेश सरकार गम्भीर रहेकाले चिकित्सकलाई निराश हुन नदिन व्यक्तिगत सुरक्षा सामग्री र प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको विश्वास दिलाउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले कर्णालीमा प्रवेश गर्ने नाकामा अझै पनि लकडाउन कडाई गर्ने र परीक्षणपश्चात् कोरोना देखिएको क्षेत्रलाई सिल तथा नदेखिएको क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने योजना बनाएको छ । ९ तस्विर सङ्लग्न गरिएको छ०


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !