११ आश्विन २०८१, शुक्रबार

सबै नागरिकलाई कोरोना विरुद्धको खोप


काठमाडौंँ महानगरपालिका खोप अभियान

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताउनुभएको छ । संवाद समूहले यहाँ आयोजना गरेको ‘कर्णालीमा कोरोनाको अवस्था र तयारी’ विषयक अन्तक्र्रियामा सबै नागरिकलाई खोपको व्यवस्था प्रदेश सरकारले गर्ने उहाँले जानकारी दिनुभयो ।

औषधि र जनशक्तिको अभावमा नागरिक सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्दै मन्त्री बुढाक्षेत्रीले नागरिकलाई बचाउनु नै सरकारको पहिलो कर्तव्य भएकाले आफूहरूको ध्यान यसतर्फ केन्द्रित भएको र विभिन्न नाकामा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्था पनि गरिसकेको बताउनुभयो ।“कोरोना महामारीको तेस्रो भेरियन्टबाट बच्न आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ” उहाँको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !