६ जेष्ठ २०८१, आइतबार

नेकपा एकताबद्ध र सुदृढ हुनुपर्दछ : मुख्यमन्त्री गुरुङ


पृथ्वीसुब्बा गुरुङ

पोखरा, १० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, साङ्गठनिक तथा भावनात्मकरुपमा एकताबद्ध र सुदृढ बनाउनु सबैको मुख्य कार्यभार भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले पार्टीलाई अभेद्य एकता र फलामे अनुशासनका साथ अगाडि बढाउँदै निष्ठा र धैर्यताका साथ लाग्न यस दिनले हामी सबैलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । “यस ऐतिहासिक अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललगायत कम्युनिष्ट आन्दोलनलाई आजको उचाइसम्म ल्याई पु¥याउन योगदान गर्नुहुने सबै अग्रजप्रति उच्च सम्मान प्रकट गर्दछु”, उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

कोभिड–१९ का विरुद्धमा लडिरहेको उल्लेख गर्दै उहाँले यस रोगका विरुद्धमा एकताबद्ध भई जुध्न एवं सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न यस दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

देशका दुई ठूला कप्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच ऐतिहासिक एकता सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएपश्चात् नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाइ स्थापित गर्न सफल भएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !