![अख्तियार दुरुपयोग अनुसन्धान आयोग](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/09/aayog.jpg?fit=768%2C382&ssl=1)
काठमाडौं । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको स्रोतले बतायो ।